प्रजातन्त्रको अनुभुति नभएको गुनासो

६ फागुन ७४, सोमबार

सिरहा– प्रजातन्त्र स्थापनाको आधा सताव्दी वितिसक्दा पनि जनताले अझै त्यसको अनुभुति गर्न नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
६८ औं प्रजातन्त्र दिवसको अवसरमा गोलबजार नगारपालीकाले सोमबार आयोजित कार्यक्रमका बक्ताहरुले प्रताजन्त्र जनताले जनताको लागि गर्ने शासन व्यवस्था भनेपनि सिमिति व्यक्तिहरुले यसको उपभोग गरेको गुनासो गरेका हुन् ।
जुनसुकै व्यवस्था आएपनि नेपाली जनताले त्यसको सहि उपयोग गर्न नपाएको भन्दै जनताले उपभोग गर्न पाउने गरी व्यवस्था लागुगर्नुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा प्रदेश सभासदस्य रामकुमार यादवले जनताले उपभोग गर्न पाउनेगरी अवको दिनमा शासन व्यवस्था लागुहुने बताए । त्यसैलेमात्र प्रजातन्त्र, गणतन्त्रको लागि रगत बगाएका सहितहरुप्रति सम्मान हुने यादवले जनाए ।
जनता जहिलेपनि स्वतन्त्रता र परिवर्तनको पक्षमा रहेको भन्दै यादवले जनचाहान अनुसार शासन व्यवस्था हुनुपर्नेमा जोड दिए । त्यसको लागि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने पनि जनाए ।
कार्यक्रमम अर्का प्रदेशसभा सदस्य जगत प्रसाद यादव, नेपाली काग्रेसका स्थानीय नेता राजदेव यादव, गोलबजार नगरपालीका वडा नं. ९ का वडा अध्यक्ष रामपुकार कामती, नगर प्रसाशकिय प्रमुख गिरीराज ज्ञवालीले मन्तव्य व्यक्त गरेका थिए । नगरप्रमुख देवनाथ साहको अध्यक्षतामा सम्पन्न प्रजातन्त्र दिवसको कार्यक्रम अहि बजार क्षेत्रमा नेपाली झण्डा सहित प्रभात फेरी लगाएका थिए ।  कार्यक्रममा विभिन्न संघ संस्था, नगारीक समाज तथा स्थानीय पार्टी प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।
 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top