सरकार अन्धो र बहिरो बन्योः महेन्द्रराय यादव

२ असोज ७६, शुक्रबार

३ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो संविधान स्वीकार गर्न नसकिएको स्पष्ट पारेका छन् ।

Advertisement

संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफनो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको पनि चर्को आलोचना गरे । ‘अन्धो र बहिरो यो सरकारले संविधान संशोधन गरेन,’ उनको भनाई थियो, ‘ठूला दलहरुले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्विकार गर्ने अवस्था रहेन ।’

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाईको बल मिचाईमा प्राप्त संघीयता र गणतन्त्र नमास्न पनि सरकारलाई सचेत गराए ।

Advertisement

उनले मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार आफै समाप्त हुने चेतावनी पनि दिए । संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको पनि आरोप लगाए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top