साउदी अरेबियामा सेना पठाउने अमेरिकी योजना

४ असोज, एजेन्सी ।

साउदी अरेबियामा अमेरिकाले आफ्नो सेना पठाउने योजना सार्वजनिक गरेको छ । साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणपछि अमेरिकाले सेना पठाउने योजना बनाएको हो ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओका अनुसार रक्षात्मक प्रयोजनका लागि सेना पठाउने तयारी गरिएको हो । साउदी अरेबिया अमेरिकी सेना कति संख्यामा पठाउने भने खुलाइएको छैन ।

Advertisement

गएको हप्ता साउदी अरेबियामा सरकारी स्वामित्वका दुई तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको जिम्मा इरानको साथ पाएको यमनको हुथी बिद्रोहीले लिएको छ । तर आक्रमण हुथी बिद्रोहीबाट नभई इरानबाटै भएको अमेरिका र साउदी अरेबियाको दाबी छ । इरानले यो आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानविरुद्ध उच्च तहको प्रतिबन्ध लगाउने बताएका थिए । उनले सैन्य तनाव सकेसम्म नहोस् भन्ने पक्षमा आफू रहेको बताएका छन् । अमेरिकाले लगाउने नयाँ प्रतिबन्ध इरानको केन्द्रीय बैंकमा केन्द्रित हुनेछ ।

Advertisement

साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको संयुक्त आग्रहमा अमेरिकाले सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भनाई छ । अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको शनिबार १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ । यो आक्रमण पछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top