प्रधानमन्त्री आलोपालो गर्ने विषयमा एमाले नेता नेपाल असहमत

७ फागुन ७४, सोमबार
Share this
700shares

गौर : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने बताएका छन्।

Advertisement

रौतहटको गौरमा सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भने, ‘दुवै पार्टी मिलेर अगाडी बढ्ने सहमती भैसकेको छ, पार्टीको नामको पछाडिको पुच्छर हटाएर नेपाल कम्युनिष्ट पार्टी बनाइने छ।’

नेता नेपालले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको भन्ने विषयमा प्रधानमन्त्री पदलाई आलोपालो गर्न नहुने टिप्पणी गरेका छन्।

Advertisement

वरिष्ठ नेता नेपाले पार्टी एकीकरण गर्दा दुवैजना अध्यक्ष बन्ने अवस्था आए दुवैलाई सहअध्यक्ष राख्न सकिने धारणा राखेका छन्। अन्य मुलुकमा पनि यस्ता अभ्यास गरिएको जानकारी दिँदै समय तोकेर नै पार्टी हाक्ने जिम्मेवारी दिन सकिने समेत उनले बताए।

तीनवटै तहको निर्वाचनमा रौतहटमा एमाले पछाडी पर्नुको कारणबारेमा समीक्षा भइरहेको बताउँदै नेता नेपालले पार्टीलाई मजबुत बनाउन एक भएर लाग्नुपर्ने अवस्था आएको समेत बताए।

Advertisement

आइतबार साँझ रौतहट आइपुगेका नेपालले वामगठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित रौतहटका सांसदलाई गौरमा आयोजित कार्यक्रममा सम्मान गरेका थिए।

प्रजातन्त्र दिवको अवसरका सोमबार राजदेवी मिडियाले गौरमा आयोजना गरेको छात्रा साइकल दौड प्रतियोगितामा एमाले नेता नेपालले साइकल वितरण गरेका थिए भने चन्द्रपुर ८ सन्तपुरमा आयोजित राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन समेत गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top