पुलिसले हरायो आर्मीलाई

३ असोज ७६, शनिबार

४ असोज, काठमाडौं ।

Advertisement

सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा भएको फाइनल खेलमा पुलिसले आर्मीलाई पहिलो सेटमा २५–२२ ले पराजित गरेको थियो ।

Advertisement

त्यस्तै दोस्रो सेटमा २५–२२ ले हराउँदा अन्तिम सेटमा २५–२२ को सेटमा पराजित गरेको थियो । उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको आर्मीले ३ लाखमा चित्त बुझाएको छ ।

तेस्रो बनेको गण्डकीले १ लाख र चौथो एपीएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top