सरकारको कामको प्रचार गर्न प्रधानमन्त्रीको निर्देशन

४ असोज ७६, शनिबार
Share this
749shares

४ असोज, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामबारे जनता माझ प्रचारप्रसार गर्न सांसदहरुलाई निर्देशन दिएका छन्।

Advertisement

सरकारले केही काम नगरेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन्।नेकपा संसदीय दलको शनिबार बसेको बैठकमा सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानुनहरु निर्माण गरिरहेको ओलीले बताए ।

सरकारले विकास निर्माणका कामहरु गरिरहे पनि केहीले सरकारले केही नगरेको भन्दै भ्रम सिर्जना गरेको उनले बताए । प्रधानमन्त्री ओलीले कतिपयले भ्रम छर्ने प्रयास गरे पनि सरकारले गरेका राम्रा कामहरुबारे बताउन सांसदहरुलाई निर्देशन दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top