×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

दशैं तिहारभर गाडी जुनसुकै रुटमा चल्नसक्ने, अग्रिम टिकट बुकिङ सुरु

५ आश्विन २०७६

५ असोज, काठमाडौं ।
दशैंमा देशभरका सवारीसाधन जहासुकै चल्न पाउने भएका छन् । सीमित रुटका लागि इजाजत लिएर सञ्चालन गर्दै आएका सवारी साधनलाई चाडपर्व अवधिभर जहासुकै चल्न पाउनेगरी ‘रुट फ्रि’ गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।

त्यसका लागि विभागले छलफल गरिरहेको र १÷२ दिनभित्र निर्णय हुने बताइएको छ । लामो दूरीमा चल्ने सवारी साधनको संख्या कम हुने भएकोले यात्रुको चाप थेग्न छोटो दूरी र शहरी क्षेत्रमा चल्ने सवारी साधनलाई लामो दूरीमा सेवा दिनेगरी त्यस्तो व्यवस्था गर्न लागिएको हो । लामो दूरीका बसहरुको अग्रिम टिकट बुकिङ सकिएपछि ‘रुट फ्रि’को सम्बन्धमा निर्णय हुने विभाग स्रोतले जनाएको छ ।

Advertisement
Advertisement

अग्रिम टिकट बुकिङ खुला

यातायात व्यवस्था विभागले आइतबारदेखि लामो दूरीका यात्रुहरुका लागि बसको अग्रिम टिकट बिक्री खुला गरेको छ । दशैंका लागि उपत्यकाबाट बाहिरिने यात्रुहरुका लागि त्यस्तो टिकट बिक्री खुला गरिएको हो । विभागले साविकको भाडादरमै त्यस्तो टिकट बुक गर्नुपर्नेगरी बिक्री खुला गर्नुपर्ने व्यवस्था गरेको छ ।

सो भाडादर अघिल्लो वर्षको दशैंअघि समायोजन गरिएको थियो । विभागले गत असार १ गतेदेखि लागु हुने गरी सवारीसाधनको भाडा बढाए पनि मन्त्रालयको निर्देशनपछि सो भाडादर वृद्धिको निर्णय फिर्ता लिइएको थियो । चाडवाडको मुखमा बर्षैपिच्छे भाडादरको विषयलाई लिएर यातायात व्यवसायी र सरकारबीच विवाद हुने गरे पनि यो वर्ष भने साविककै भाडादरमा टिकट बुकिङ गर्न व्यवसायीहरु तयार भएका हुन् ।

विभागले तोकिएकोभन्दा बढी भाडा लिएको पाइएमा त्यसरी बढी भाडा लिने सवारीलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । हाल २५० किलोमिटरभन्दा लामो दूरीलाई विभागले लामो दूरीको रुट भनेर व्याख्या गर्दै आएको छ, ती रुटहरुमा टिकट बिक्री खुला भएको हो । मध्यम र छोटो दूरीका हकमा भने यात्रुहरुले तोकिएकै दिनमा टिकट काटेर यात्रा गर्न सक्नेछन् ।

कुन रुटको भाडा कति ?

विभागले देशभर चल्ने रुटहरुका लागि अघिल्लो वर्ष असोज ७ गतेदेखि लागु हुनेगरी भाडादर तोकेको थियो । त्यही भाडादर यो वर्ष पनि लागु हुने जनाएको हो । अघिल्लो वर्ष भाडादर निर्धारण गर्दा इन्धनको मूल्यलाई ३५ प्रतिशत र अन्य सूचकलाई ६५ प्रतिशत मानेर भाडादर समायोजन गरेको थियो । सो भाडादर समायोजन गर्दा डिजेलको मूल्य १०१ रुपैंया र पेट्रोलको मूल्य ११४ रुपैंयाका आधारमा तोकिएको थियो ।

अहिले काठमाडौंमा डिजेलको मूल्य ९५ रुपैंया र पेट्रोलको मूल्य १०७ छ । सो मूल्यमा ५ रुपैंयाभन्दा बढी तलमाथि भएपछि भाडादर समायोजन गर्ने भने पनि यो वर्ष डिजेलमा ६ रुपैंया र पेट्रोलमा ७ रुपैंया मूल्य घटे पनि भाडादर समायोजन भएको छैन ।

विभागले अघिल्लो वर्ष काठमाडौंबाट छुट्ने सवारीबो भाडादर निम्नअनुसार तोकेको छ । सो भाडादरमा डिलक्स सुविधा लिएका सवारी साधनलाई २० प्रतिशतसम्म अतिरिक्त भाडा लिनसक्ने व्यवस्था गरेको छ ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top