Nepal Times
Nepal Times
3
Shares

रेग्मीको आत्मकथा संग्रह विमोचन

रेग्मीको आत्मकथा संग्रह विमोचन

विराटनगर, फागुन ७
शिक्षासेवी लक्ष्मीप्रसाद रेग्मीको आत्मकथा संग्रह ‘मेरो अतीत र वर्तमान’ नामक पुस्तक विराटनगरमा विमोचन गरिएको छ । विराटनगरस्थित रेग्मी समाजको भवनमा आज आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, देवराज रेग्मीलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

खोटाङको मार्से बतासेमा वि.सं. १९७६ मा जन्मिएका रेग्मीले दुई दर्जनभन्दा बढी विद्यालय स्थापना गर्नुभएको थियो । रेग्मीकी छोरी सुशीला खतिवडाले प्रकाशन गरेको पुस्तकमा जन्मिएदेखि हालसम्मका अनुभूतिहरुलाई समेटिएको छ ।

विमोचित पुस्तकको समीक्षा गर्दै प्राज्ञ विवश पोखरेलले लक्ष्मीप्रसाद रेग्मीको आत्मकथा संग्रह ‘मेरो अतीत र वर्तमान’ले भावीपुस्तालाई अगाडि बढ्न अभिप्रेरित गर्ने बताए ।

कार्यक्रममा रेग्मी समाजका केशव रेग्मी, नारायणप्रसाद रेग्मी, भैरवराज रेग्मी, कुमार रेग्मी, महेश रेग्मी, ईश्वर रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.