पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र

५ असोज ७६, सोमबार

५ असोज, चितवन ।

Advertisement

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ ।

आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।

Advertisement

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार हालसम्म २० साक्षीको पत्र अदालतमा पठाइएकामा न्यायाधीश हेमन्त रावलको इजलासमा बकपत्र भइरहेको छ ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

Advertisement

उनको मोबाइलमा मृत्युअघिको भिडियोमा मर्नुका कारण ती तीन व्यक्ति रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी सो मुद्दा दर्ता गराएको थियो ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top