×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नागढुंगा–सिस्नेखोला सुरुङ : ४२ महिनाभित्र निर्माण गर्ने सम्झौता

७ आश्विन २०७६

७ असोज, काठमाडौँ । ४ दशमलव ५१ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ ।

४२ महिनामा काम सक्ने गरी जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सुरुङमार्गको ठेक्का लिएको छ । सडक विभागअन्तर्गतको अन्तर्रा्ष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका प्रतिनिधिबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको हो ।

Advertisement
Advertisement

सडक विभागका अनुसार सुरुङमार्ग
निर्माणका लागि चीन, भारत, टर्की, कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा आन्दो कर्पोरेसनले निर्माणको जिम्मा पाएको थियो । सडक विभाग वैदेशिक महाशाखाका प्रमुख थापाले सहभागीमध्ये हाज्माको ठेक्का रकम कम भएको जानकारी दिए ।

तोकिएको समयभन्दा झन्डै दुई वर्ष ढिलो गरी भएको ठेक्का सम्झौताअनुसार अब आयोजना सन् २०२३ मा मात्र सम्पन्न हुनेछ । सन् २०१६ मा जापानसँग सहुलियत दरमा ऋण सम्झौता हुँदा २०१८ मध्यदेखि नै आयोजना निर्माण थालेर २०२१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, खरिद सम्झौता प्रक्रिया, जग्गा प्राप्तिजस्ता कारणले सम्झौतामा ढिलाइ भएको हो ।

कम्पनीले तिहार लगत्तै काम थाल्ने जानकारी दिएको छ । हाज्मा आन्दोका महाप्रबन्धक सिओसी हिरोसेले तोकिएकै समयमा काम सम्पन्न गर्ने बताए । ‘कम्पनीले यसअघि कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको छ । यो पनि समयमा काम सक्नेमा विश्वस्त छौँ,’ महाशाखा प्रमुख थापाले भने ।

सुरुङमार्ग निर्माणका लागि जापानी सहयोग नियोग जाइकाले नेपाललाई १६ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने .०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ ।

३० वर्ष्भित्र ऋण चुक्ता गरिसक्नुपर्ने सम्झौता छ । मुआब्जाका लागि आवश्यक रकम भने सरकारले आन्तरिक स्रोतबाट जुटाउने छ ।

काठमाडौंको बलम्बुबाट सुरु हुने सुरुङमार्ग धादिङको सिस्नेखोलामा पुगेर टुंगिनेछ । आसपास पर्ने जग्गाको मुआब्जा वितरण सुरु भइसकेको छ ।

महाशाखाले काठमाडौंमा मुआब्जा वितरणका लागि दुई सय ८० घर परिवार निर्धारण गरेको छ । त्यसमध्ये दुई सय ५० ले मुआब्जाका लागि निवेदन दिएका थिए । प्रतिआना नौदेखि ४२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ ।

तीन लेनको सुरुङमार्गको कुल लम्बाइ २.६८८ किमि छ । त्यसबाहेक २.४५ किमी भने सडकको भाग हुनेछ । सुरुङ र सडकको कुल लम्बाइ ४.५१ किलोमिटर रहनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् । बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । नयाँ पत्रिका दैनिकबाट

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top