Nepal Times
Nepal Times
3
Shares

विराटनगरकी रेश्माको नयाँ म्युजिक भिडियो सार्वजनिक

विराटनगरकी रेश्माको नयाँ म्युजिक भिडियो सार्वजनिक

७ असोज, विराटनगर । गायक हिमाल सागर र गायिका स्मिता दाहालको आवाज रहेको गीत ‘कल्लाई था छैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सोमबार गृष्मा म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा विराटनगरकी अभिनेत्री रेश्मा घिमिरे र जमेका अभिनेता पुष्प खड्काले अभिनय गरेका छन । गीतको भिडियोमा रेश्मा र पुष्पको जोडी निकै जमेको देखिन्छ भने भिडियो निकै रचनात्मक र सुन्दर बनेको छ ।

प्रवीण सिंहको कोरियोग्राफी रहेको भिडियोमा लुकी लुकी हेर्ने र माया लाउन खोजे मायालुको बयान गरिएको छ । गीतको भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन भने नवराज उप्रेतीले खिचेका हुन । भिडियोको विकास ज्ञवालीले सम्पादन गरेका छन । यादब लम्सालको शब्द रहेको सो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.