इञ्‍जिनीयर हत्या आरोपितलाई पाँच वर्ष कैद सजाय

६ असोज ७६, मंगलबार

७ असोज, सप्तरी ।

Advertisement

सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलाशले यादवलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको हो।

Advertisement

यसैगरी अन्य आरोपित छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ३१ वर्षीय अजित सिंह भनिने अजय यादव, अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ का ३४ वर्षीय अविनाश भनिने उपेन्द्र यादव र ५५ वर्षीय श्रीप्रसाद मण्डललाई जनही एक वर्ष कैद सजायको फैसला भएको छ।

जिल्ला अदालतले ०७१ फागुन ११ गते अजय, उपेन्द र श्रीप्रसाद्रको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो। आरोपित मण्डल २०७५ मङ्सिर ५ गते पक्राउ परेपछि ५० हजार धरौटीमा पुर्पक्षका लागि रिहा भएका थिए।

Advertisement

सप्तरीको बोरियास्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज–६ स्थित घरतर्फ आइरहेका इञ्जिनीयर देवलाई घर नजिकै आरोपितले ०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरेको थियो। राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देव मृतक देवका भाइ हुन्।

यसअघि पक्राउ परेका विष्णुपुर गाउँपालिका–५ का २७ वर्षीय गङ्गाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा शम्भुनाथ नगरपालिका मोहनपुरका २८ वर्षीय दिलजले भनिने उमेश राम र २९ वर्षीय देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top