विराटनगर, फागुन ९
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुद्धस्थलको बिकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बुद्धस्थल प्राचिन कपिलवस्तुको अवलोकनका लागी पुगेका मुख्यमन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै हाल बुद्धस्थल तिलौराकोटमा बिभिन्न उत्खनन् र अन्बेषण भैरहेको सन्दर्भमा सोको सिफरिसका आधारमा प्रदेश सरकारले कपिलवस्तुको बिकासका लागि योजना बनाउने बताए ।
मुख्यमन्त्री पोखरेललाई पुरातत्व बिभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, उत्खननमा संलग्न बेलायतको दरहाम बिश्वबिधालयका सह उपकुलपति प्रोफेसर डाक्टर रबिन कनिङ्म लगायतले उत्खननको उपलब्धी बारे जानकारी दिएका थिए ।
बुद्धस्थल तिलौराकोट गौतम बुद्धका पिता राजा शुद्धोधनको राजधानी तथा बुद्धले २९ बर्षसम्म बिताएको स्थानको रुपमा परिचित छ । टोलीले कपिलवस्तु संग्राहालय, निग्लिहवाकोट र जगदिशपुर तालको समेत अवलोकन गरेको थियो ।