निवर्तमान सभामुख महराको पुनर्वहाली हुने सम्भावना छैनः संविधानविद्

१५ असोज, काठमाडौं । संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नरहेको बताएका छन् ।

नेपाल बार एशोसिएशनका महासचिव लिलामणी पौडेलले संसद सचिवालयकी कर्मचारीसँग यौन दूव्र्यवहार गरेको आरोप लागेका महरा सभामुख पदबाट मुक्त भएको उल्लेख गर्दै उनी पुनः सोही पदमा बहाली हुने सम्भावना नरहेको बताएका हुन् ।

महासचिव पौडेलले सो प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले बोली फेर्दैमा सो घटनाको अनुसन्धान प्रक्रिया नरोकिने पनि स्पष्ट पारे ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौंजदारी कार्यविधि संहिता अनुसार पीडित भनिएकी शाहीले प्रहरीको हटलाईन सेवामा आफू पीडित भएको जानकारी गराएपछि प्रहरीलाई अनुसन्धान गर्न बाटो खुलेको पनि स्पष्ट पारे ।

नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले महरा प्रकरणको छानवीन प्रक्रिया नरोकिएपनि पीडित भनिएकी महिलाले अनुसन्धानमा नसघाए सो घटनाको सत्यतथ्य बाहिर आउन कठिनाई हुने बताए ।

उनले पीडित भनिएकी महिला शाहीले डिएनए परीक्षण गर्न नदिए अनुसन्धानका लागि निवर्तमान सभामुख महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने तर्क पनि गरे ।

कार्यक्रममा बोल्दै संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले पदबाट राजीनामा दिएसँगै सभामुख पद रिक्त रहेको बताए । उनले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार सभामुख पदको निर्वाचन हुनुपर्ने पनि बताए ।

संविधानले फरक दल र फरक लिंगलाई सभामुख र उपसभामुख हुनुपर्ने परिकल्पना गरेको उनको दावी छ ।

संविधानविद् ज्ञवालीले संविधानको परिकल्पना अनुसार दलहरुले सभामुखको निर्वाचन गराउँदा फरक दलका सभामुख र उपसभामुख बनाउनुको विकल्प नरहेको पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top