इराकमा प्रदर्शन उग्र, ६० जनाको मृत्यु

१८ असोज ७६, शनिबार
Share this
757shares

१८ असोज, एजेन्सी ।
इराकमा चार दिनदेखि सरकार विरुद्ध प्रदर्शन भइरहेको छ।

Advertisement

भ्रष्टाचारका साथै बरोगजारीको समस्या बिकराल हुँदै गएपछि युवाहरु सडकमा ओर्लिएको बताइएको छ। यद्यपि, सरकारले भने प्रदर्शनकारीहरुको मागहरु पूरा गरिसकेको दाबी गरेको छ।

चार दिनदेखि जारी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धेरैपटक झडप भएको छ। प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि गोली समेत चलाएको बीबीसीले उल्लेख गरेको छ।

Advertisement

प्रदर्शनका कारण हालसम्म करिब ६० जनाको मृत्यु भइसेकेको छ। पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको संख्या ठूलो संख्यामा वृद्धि भएको बताइएको छ। सयौंको संख्यामा मानिसहरु घाइते भएका छन्।

राजधानी बगदादमा अपरिचित समूहले दुई प्रहरी अधिकारीसहित चारजनालाई चुक्क प्रहार गरेर हत्या गरेको सेनाले जनाएको छ।

Advertisement

प्रदर्शन उग्र बन्दै गएपछि इरानले इराकसँगका दुई वटा सीमानाका बन्द गरिसेकेको छ। इरानी तीर्थयात्रीले प्रयोग गर्ने एक नाकासहित दुई वटा नाका बन्द गरिएको रोयटर्सले लेखेको छ।

इराकमा आन्तरिक द्वन्द्व चर्किएसँगै प्रधानमन्त्री अदेल अब्देल मह्दीले शान्ति स्थापना गर्न आह्वान गरिरहेका छन्। यद्यपि, प्रदर्शनकारीहरुले भने सडक छोडेका छैनन्।

सरकारले इन्टरनेट सेवा रद्द गर्नुका साथै विभिन्न स्थानमा कर्फ्यु जारी गरेपनि मानिसहरु त्यसको अवज्ञा गर्दै आन्दोलनमा ओर्लिएका छन्। अन्तर्राष्ट्रिय समुदायले भने इराकको पछिल्लो अवस्था चिन्ताजनक भएको भन्दै शान्ति बनाउन अपिल गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top