काठमाडौं, फागुन ११
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने भएका छन् । प्रधानमन्त्री ओलीले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डसँग राखेका हुन् ।
माओवादी र एमाले दुबै पार्टीहरु एक भइसकेकाले अब गठबन्धन सरकारमा जस्तो उपप्रधानमन्त्री बनाइरहन आवश्यक नरहेको ओलीको विष्लेशण छ ।
उपप्रधानमन्त्री धेरै बनाउँदा जनतामा राम्रो सन्देश नजाने भन्दै ओलीले त्यस्तो अलोकप्रिय काम नगर्ने चाहना व्यक्त गरेको श्रोतले बतायो ।
माओवादीबाट रामबहादुर थापाले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व दाबी गर्दै आएका छन् । एमालेमा महासचिव ईश्वर पोखरेल लगायतले उपप्रधानमन्त्री दाबी गरिरहेका छन् ।