काठमाडौं, फागुन ११
संघीय फोरम र राजपालाई सरकारमा सहभागी हुन एमालेले गरेको आग्रह जनमतविपरीत रहेको वामपन्थि नेताहरुले दावी गरेका छन् ।
कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्यले संविधान जारीदेखि कार्यान्वयनसम्म एमालेले लिएको राष्ट्रवादी अडानकै कारण उसले मधेशवादी दलसँग सहकार्य गर्न अस्वीकार गरेको र यतिबेला एक्कासी सरकारमा आउन आग्रह गर्नुले पनि उसको राष्ट्रवादी अडान देखावटी भएको दावी गरे ।
नेपकिपा अध्यक्ष नारायणमान बिजुक्छेले कम्युनिस्ट वा वामपन्थी पार्टी नभएकाले आफ्नो स्वार्थअनुकूल एमालेले ब्याख्या गर्ने आरोप लगाए ।
ुसंघीय फोरमकी नेत्री रेणु यादवले सत्तामा जान एमालेसँग निकटताभन्दा पनि प्रदेश २ को सरकार सर्वसम्मत गराउँदै अघि बढाउन आफ्नो पार्टीले गरेको आग्रहमा एमालेले समर्थन गर्नु सकारात्मक भएको बताइन् । यो समाचार आजको
आजको अन्नपूर्ण पोस्टले छापेको छ ।