रत्ननगर, चितवन, ११ फागुन ः नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत भएको छ । दुर्घटनामा गम्भीर घाइते दुईजनाको समेत पहिचान खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देही बेलहिया–१ बस्ने अन्दाजी ५० वर्षीय विक्रम सिंह रहेका छन् ।
दुर्घटनामा ट्रकका चालक भारतको लखनउका २४ वर्षीय विपीन सेन र ट्रकमा सवार रुपन्देही बेलहिया–१ का ३१ वर्षीय अर्जुन अग्रहरी गम्भीर घाइते भएका हुन् । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा बिहीबार बिहान ३ः५० बजेको समयमा सुनौलीबाट काठमाडाँै जाँदै गरेको बीआर ३२ बीएन ३१०९ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको थियो ।
गाडी ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
रासस