टीका लगाउन हिडेका जोडी खोलाले बगाएर मृत फेला

२१ असोज ७६, बुधबार

२२ असोज, दैलेख ।
दैलेखमा श्रीमान र श्रीमतीको खोलाले बगाएर मृत्यु भएको छ ।

Advertisement

दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवमा टीका लगाउन हिडेका श्रीमान र श्रीमतीको खोलाले बगाउँदा ज्यान गएको हो ।

टीका लगाउन माइत जाने क्रममा ४० वर्षीया खगिसरा सुनार र उहाँका श्रीमान ४५ वर्षका इन्द्रबहादुर सुनारको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Advertisement

इन्द्रबहादुरको शव माछा थुन्न बनाएको ‘सरिल’मा अड्किएको र खगिसरा त्यहाँदेखि अलि माथि खोलामै डुबेर ज्यान गएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।

माथि मालीघाट र तल कुयलकुना पुग्न झण्डै एक–एक किलोमिटर हिँड्नुपर्ने भएकोले छोटो बाटोको लागि पहिलेदेखि नै तर्ने गरेको स्यालखाडा घाटबाट कोटिला निस्कन लाग्दा पानीको बहावले धकेलेर दम्पतीलाई बगाएको हुनसक्ने दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top