बेलायती संसदको विशेष शत्र आउँदो शनिबार

२२ असोज ७६, बुधबार
Share this
792shares

२२ असोज, एजेन्सी ।
युरोपियन युनियन (इयु) बाट बेलायत बाहिरिने प्रक्रिया (ब्रेक्जिट) का सम्बन्धमा महत्वपूर्ण निर्णय लिनका लागि बेलायती संसदको विशेष शत्र आउँदो शनिबारका लागि बोलाइएको छ।

Advertisement

शनिबारको शत्र बेक्जिटको भविष्यबारे निर्णय गर्नका लागि महत्वपूर्ण हुनेछ। अक्टोबर ३१ बेलायत इयुबाट बाहिरिने समय सीमा हो। यो विशेष शत्र ब्रेक्जिटका सम्बन्धमा निर्णय गर्ने अन्तिम मौकाका रुपमा लिइएको छ।

प्रधानमन्त्री बोरिस जोन्सनले इयुबाट बाहिरिने सम्बन्धमा सहमति जुटेमा संसदमा बेक्जिट सम्बन्धी प्रस्ताव पेश गर्ने छन्। सहमति नजुटेमा विकल्पहरु प्रस्तुत हुनेछन्।

Advertisement

बिना कुनै सन्धि इयुबाट बाहिरिने वा समग्रमा ब्रेक्जिट प्रक्रियालाई नै सुस्त गर्नेसहितका विकल्पहरु छन्।

बेलायत इयुबाट बाहिरिने पक्षमा प्रधानमन्त्री जोन्सन अडिग छन्। तर गएको पारित भएको विधेयक अनुसार ब्रेक्जिटमा सहमति नजुटेमा इयुसँग ब्रेक्जिटको प्रक्रिया थप लम्ब्याउनका लागि आग्रह गर्नु पर्ने उल्लेख छ।

Advertisement

बिना सम्झौता इयुबाट बाहिरिने विकल्पमा सांसदहरु सहमत भएमा भने प्रधानमन्त्री जोन्सनले इयुसँग आग्रह गर्नु पर्ने छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top