४० वर्षपछि इरानका महिलाहरुले स्टेडियममै बसेर फुटबल हेर्न पाए

२४ असोज, एजेन्सी । ४० वर्षपछि इरानका महिलाहरुले स्टेडियममै बसेर फुटबल प्रतियोगिता हेरेका छन् । बिहीबार राति भएको इरान र कम्बोडियाबीचको खेल हेर्न ३५ सय इरानी महिलाहरु स्टेडियम पुगका थिए ।

फिफा विश्वकपको छनोट खेल अन्तर्गत बिहीबार राति भएको खेलमा इरानले कम्बोडियामाथि १४–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । महिलाहरुले स्टेडियममै गएर फुटबल हेरेपछि त्यहाँ ४० वर्षदेखि महिलामाथि लाग्दै आएको प्रतिबन्ध पनि हटेको छ । १९७९ मा इस्लामिक विद्रोह पछि महिलाहरुलाई स्टेडियममा गएर म्याच हेर्न प्रतिबन्ध लागेको थियो ।

इरानको कानुन अनुसार यसअघि कोही महिला स्टेडियममा गएको प्रमाणित भएमा ६ महिनाको जेल सजायको व्यवस्था थियो । पछिल्लो महिना एक महिला फुटबल समर्थक केटाको भेषमा स्टेडियम गएपछि पक्राउ परेकी थिइन् । त्यसपछि उनलाई ६ महिना जेलको सजाय सुनाइएको थियो । तर ती महिला समर्थकले डरले आफूलाई जलाएर मारेकी थिइन् ।

त्यसपछि इरानमाथि झनै अन्तराष्ट्रिय दबाब थपियो र फिफाले पनि महिलालाई स्टेडियम जान लगाएको प्रतिबन्धको विरोध गरेपछि इरानले नयाँ व्यवस्था गरेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top