विराटनगरबाट ठूलो परिमाणको अवैध सामान बरामद

२४ असोज ७६, शनिबार

२४ असोज, विराटनगर ।
विराटनगरबाट भन्सार छली ल्याएको १ लाख १५ हजार भन्दा बढीको सामान प्रहरीले बरामद गरेको छ । शुक्रबार विराटनगर–१३ बाट ठूलो परिमाणमा नरिवल, पापड, सुजी, मिश्री, खोर्सानीको धुलो, पानीपुरी लगायत १ लाख १५ हजार भन्दा बढीको खाद्यान्न प्रहरीले बरामद गरेको हो ।

Advertisement

बरामद गरिएका सामग्री भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो सामानहरु बेबारिसे अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको बिशेष प्रहरी टोलीले फेला पारेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top