काठमाडौं, फागुन ११
काठमाडौंको भृकुटीमण्डपमा ‘चौंथो बंगलादेश एक्स्पो’ सुरु भएको छ । नेपाल र बंगलादेशबीचको व्यापारिक सम्बन्धलाई अझै विस्तार गर्ने उद्देश्यका साथ आजबाट एक्स्पो सूरु भएको हो ।
५ दिनसम्म चल्ने एक्स्पोले २ देशबीचको व्यापार विस्तार गर्न महत्वपूर्ण योगदान दिने मेला आयोजक समितिका संयोजक राकेश महतोले जानकारी दिनु भयो ।
नेपालस्थित बंगलादेशी राजदुतावासले आयोजना गरेको स्क्स्पोमा ९५ वटा स्टल राखिएको छ । बंगलादेशमा उत्पादन भएका भवन निर्माण, लेदर, विद्युतीय उपकरण, हस्तकला लगायतका सामग्रीहरु एक्स्पोमा राखिएका छन । बंगलादेशले भारत, म्यान्मार र भुटानमा पनि एक्स्पो संचालन गर्दै आएको छ ।