काठमाडौं, फागुन ११
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रर्दशनी’ सुरु भएको छ । हिमाली क्षेत्रमा उत्पादन भएका बस्तुहरुलाई स्वदेशमै प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको हो ।
हिमाली क्षेत्रमा उत्पादित अर्गानिक बस्तुहरुको स्वदेशमै प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक प्रदिप महर्जनले जानकारी दिए ।
प्रर्दशनीमा हिमाली क्षेत्रमा उत्पादन भएका जडिबुटी तथा जडिबुटीजन्य बस्तुहरु, दुध र त्यसका परिकारहरु, ग्रिन टी, चीजलगायतका बस्तुहरु राखिएका छन । प्रर्दशनीमा ७५ वटा भन्दा बढि स्टलहरु रहेका छन । ३ दिनसम्म चल्ने प्रर्दशनीमा करिव डेढ करोड कारोबार हुने अपेक्षा गरिएको छ ।