काठमाडौं, फागुन ११
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ । आज सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक लगत्तै ओलीले स्थायी समिति सदस्यहरु, शुभचिन्तक, कार्यकर्ता तथा संञ्चारकर्मीका माझ केक काटेर जन्मदिन मनाएका हुन् । उनले केक काटेर फस्ट लेडी राधीका शाक्यलाई खुवाएका थिए ।
बिहानै चीन र भारतका दुवै राजदुतले बालुवाटार पुगी प्रधानमन्त्री ओलीलाई भेटेर जन्मदिनको शुभकामना दिएका थिए । ओलीको जन्म विंस २००८ साल फागुन ११ गते तेह्थुम जिल्लाको इवा गाउँमा भएको थियो ।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओली ओली २०७१ असारमा पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा उनी झापा जिल्लामा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
उनी पहिलो पटक २०७२ असोज २४ गते नेपालको ३८ औ प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका थिए । उनको दोस्रो प्रधानमन्त्रीत्वकाल यही फागुन ३ गतेदेखि सुरु भएको हो ।