गोरुले हानेर एक वृद्धाको ज्यान गयो

२६ असोज ७६, सोमबार

२७ असोज, कञ्चनपुर ।
कञ्चनपुरमा गोरुले हान्दा एक वृद्धाको मृत्यु भएको छ ।

Advertisement

शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको हो । पानी खुवाउन लैजाने क्रममा आइतबार साँझ गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन् ।

उनलाई तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताए ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top