विराटनगर, फागुन ११
प्रत्येक वर्ष विज्ञानप्रदर्शनी गर्दै आएको विराटनगर–९ स्थित भानु मेमोरियल इङ्गलिस बोर्डिङ स्कुलले यसवर्ष पनि निरन्तरता दिएको छ । विद्यार्थीले विद्यालयमा अध्यन गरेका विषयलाई व्यवहारमा उतार्न सकुन भन्ने उदेश्यले स्कुलले यसवर्ष पनि विज्ञान प्रदर्शनिको निरन्तरता दिइएको हो ।
विद्यालय प्राङ्गणमा आयोजना गरिएको विज्ञान प्रदर्शनिमा विभिन्न १३ वटा स्टल राखिएको थियो । प्रदर्शनिमा विद्यार्थीले आफै बनाएका डान्सिङ वल, हाइड्रोलिक प्रेस, होलिग्रामलगायतका स्टल राखिएको थियो ।
प्रतियोगितात्मक प्रदर्शनिमा सोही स्कुलमा अध्यनरत कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितात्मक प्रदर्शनिमा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थी समुहलाई क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँले पुरस्कृत समेत गरिएको थियो ।