भानु स्कुलद्धारा विज्ञान प्रदर्शनी सम्पन्न (फाेटाे फिचर)

११ फागुन ७४, शुक्रबार
Share this
744shares

विराटनगर, फागुन ११
प्रत्येक वर्ष विज्ञानप्रदर्शनी गर्दै आएको विराटनगर–९ स्थित भानु मेमोरियल इङ्गलिस बोर्डिङ स्कुलले यसवर्ष पनि निरन्तरता दिएको छ । विद्यार्थीले विद्यालयमा अध्यन गरेका विषयलाई व्यवहारमा उतार्न सकुन भन्ने उदेश्यले स्कुलले यसवर्ष पनि विज्ञान प्रदर्शनिको निरन्तरता दिइएको हो ।

Advertisement

विद्यालय प्राङ्गणमा आयोजना गरिएको विज्ञान प्रदर्शनिमा विभिन्न १३ वटा स्टल राखिएको थियो । प्रदर्शनिमा विद्यार्थीले आफै बनाएका डान्सिङ वल, हाइड्रोलिक प्रेस, होलिग्रामलगायतका स्टल राखिएको थियो ।

प्रतियोगितात्मक प्रदर्शनिमा सोही स्कुलमा अध्यनरत कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितात्मक प्रदर्शनिमा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थी समुहलाई क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँले पुरस्कृत समेत गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top