×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु

११ फाल्गुन २०७४

विराटनगर, फागुन ११
मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले हात्तीपाइले रोगविरुद्धको औषधी खाएर कार्यक्रमको सुरु गरेका छन् ।

मोरङमा यही फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने कार्यक्रमअन्तर्गत आज मन्त्री घिमिरे, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहेता, मोरङका प्रहरी प्रमुख अरुण बिसी लगायतले औषधी खाएर कार्यक्रम सुभारम्भ गरेका हुन् ।

Advertisement
Advertisement

हाल मोरङमा हात्तीपाइलेका ९ सय ३८ बिरामी रहेको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । खुट्टा सुनिएको २ सय ६, हाईड्रोशील भएको ७ सय ८ र हात, स्तनलगायत शरीरको अन्य भागमा हात्तीपाईले रोग लागेका २४ जना रहेको जिल्ला जनस्वास्थ्य प्रमुख मेहताले जानकारी दिए ।

उनले जिल्लास्थित हात्तीपाईलेका रोगी सबभन्दा बढी रतुवामाई र सबभन्दा कम लेटाङमा रहेको जानकारी दिए । मेहताले अभियानअन्तर्गत २ हजार ७ सय ८९ केन्द्रबाट ४ सय ९९ स्वास्थ्यकर्मी र ४ हजार ४ सय ७ स्वयंसेवकले जिल्लाका कूल ८ लाख ६९ हजार १ सय ९९ जनालाई औषधी खुवाउन परिचालन गरिएको बताए ।

Advertisement
Advertisement

गर्भवत्ती, सुत्केरी भएको ७ दिनसम्म, दीर्घरोगी, २ बर्ष उम्मेरसम्मका बालबालिका, ७० बर्ष उमेर माथिका व्यक्तिलाई औषधी नखान र नखुवाउन उनले आग्रह गरेका छन् । यस्तै खाली पेटमा औषधी नखान पनि आग्रह गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top