Nepal Times
Nepal Times
3
Shares

प्रैदेश १ क्ँ मुख्यमन्त्री राई र स्वीटजरल्याण्डका राजदुत बिच भेटवार्ता

प्रैदेश १ क्ँ मुख्यमन्त्री राई र स्वीटजरल्याण्डका राजदुत बिच भेटवार्ता

विराटनगर, फागुन ११
एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्वीटजरल्याण्डका राजदुत एलिजाबेथ भान क्याफ्लरबिच आज भेटवार्ता भएको छ ।

विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री राई र राजदुत क्याफ्लरका बिच एक नम्बर प्रदेशको सम्भावना र विकास निर्माणका बारेमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री राईले मुख्यमन्त्री भएपछि पहिलो पटक कुटनितिक नियोगका प्रतिनिधिसंग भेटवार्ता गरेका हुन् । भेटवार्तामा राजदुत क्याफ्लरले एक नम्बर प्रदेशको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्वीस विकास परियोजना मार्फत एक नम्बर प्रदेशमा पूर्वाधार विकासकालागि विभिन्न कार्यक्रम संचालन गर्ने, प्रदेशका पहाडी क्षेत्रमा झुलुङ्गे पुल र विभिन्न शहरमा सडक पुल निर्माणमा सहयोग गर्ने साथै स्थानीय सरकारलाई सबल बनाउन विभिन्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । साथै ग्रामीण भेगका जनताको जिवनस्तर उकास्ने खालका विभिन्न परियोजना संचालन गर्ने विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.