×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

आन्तरिक पर्यटकले भरियो पोखरा

२८ आश्विन २०७६

२८ असोज, कास्की । 

उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले यहाँको पर्यटन चलायमान बनाएको हो ।

Advertisement
Advertisement

समूह समूहमा आएका पर्यटकका साथै पारिवारिक घुमघाममा आएका पर्यटक यतिखेर कतै सामूहिक फोटो खिचाउँदै छन् त कतै सेल्फी खिच्दै गरेका देखिन्छन् । दशैँ बिदा शुरु भएलगत्तै विभिन्न भागबाट पोखरा आउने पर्यटकका कारण यहाँका पर्यटन व्यवसायीलाई यो यामको उपयोग गर्न भ्याइनभ्याइ छ ।

विगतका वर्षमा यस याममा विदेशी पर्यटककको पनि राम्रै चाप देखिने गरेकामा यस वर्ष भने उक्त सङ्ख्या उत्साहजन नदेखिएको मेरिगोल्ड होटेल लेकसाइटका सञ्चालक विश्वराज अधिकारीले बताए । विदेशी पर्यटकको आगमन हुने मुख्य याम भए पनि उनीहरूको सङ्ख्या उल्लेख्य नभएको बताउँदै उनले आएका विदेशी पनि गाउँतिर आकर्षित बन्ने गरेको बताए ।

‘पोखराको लेकसाइट र आसपासमा यतिखेर विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या धेरै देखिन्छ, विदशी पर्यटक शहरभन्दा गाउँतर्फ आकर्षित बनेका छन्’, माछापुच्छ्रे गाउँपालिका वडा नं ६ उपल्लो अस्ताममा अन्नपूर्ण इको भिलेजसमेत सञ्चालन गर्दै आएका अधिकारीले भने ।

दशैँको बिदा शुरु भएयता लेकसाइट क्षेत्रमा आन्तरिक पर्यटकको चाप भने उत्साहजन देखिएको बताउँदै उहाँले दशैँ र आसपासका केही दिनमा यहाँका होटेलमा झण्डै ९५ प्रतिशतसम्म आन्तरिक पर्यटकको भरिएको जानकारी दिए ।

अन्नपूर्ण चक्रीय पदमार्ग, धौलागिरि चक्रीय पदमार्ग र मर्दी हिमाल ट्रेक जाने मुख्य गन्तव्य पोखरा भएकाले पदयात्री पर्यटकका कारण पनि यस समयमा पोखरामा पर्यटकको चाप हुने गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष एवं होटल रानिवन अर्किट, लेकसाइटका सञ्चालक हरि भुजेलले बताए ।

उनका अनुसार प्रत्येक वर्ष सेप्टेम्बरको मध्यदेखि अक्टोबर, नोभेम्बरसम्म पदयात्राको मुख्य याम मानिन्छ । विश्वकै उत्कृष्ट १० वटा पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकले पनि यहाँका पर्यटनमा टेवा पु¥याएको उनले बताए ।

काठमाडौँबाटै बुकिङ गरेर पदयात्रामा आउनेलाई कतिपय एजेन्सीले भने सिधै पदयात्राको प्रारम्भ क्षेत्रमा पु¥याउने भएका कारण उनीहरूले पोखराको सौन्दर्यताको अनुभव गर्न नपाएको उनको भनाइ छ ।

दशैँ तिहारको समयमा धार्मिकरुपमा आउने भारतीय पर्यटकका कारण पनि पोखराको पर्यटन चलायमान हुने गरेको छ । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेपछि भारतका विभिन्न स्थानबाट मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

मुक्तिनाथ जानका लागि पोखरा अनिवार्य आउनुपर्ने भएका कारण पनि ती पर्यटक मुक्तिनाथ जाँदा र फर्कंदा केही दिन पोखरामा बिताउने गरेका छन् । पोखरा आउने पर्यटकले यहाँस्थित फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्ने गर्दछन् ।

धार्मिकरुपमा फेवातालको बीचमा रहेको तालबाराही मन्दिरका साथै यहाँका विन्ध्यवासिनी मन्दिर, भद्रकाली मन्दिर, गुप्तेश्वर महादेव गुफा आदिको अवलोकन गर्दछन् । मार्च, अप्रिल, नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समय पनि पोखरामा पर्यटकको सङ्ख्या बढ्ने गरेको छ ।

दशैँ तिहारजस्ता चाडबाडले पर्यटन बजार चलायमान हुने गरेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए । पछिल्लो समय नेपालीमा घुमफिर संस्कृति बढ्दै गएको बताउँदै उनले विशेष गरी बिदाको समयमा देशका विभिन्न स्थान घुम्नेक्रम बढिरहेको उल्लेख गरे ।

नेपालका लागि भारत र चीन मुख्य पर्यटन बजार भएको बताउँदै प्रबन्धक थपलियाले दशैँलगत्तै चिनियाँ राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणले यहाँ चिनियाँ पर्यटकको आमगन बढ्नसक्ने विश्वास व्यक्त गरे ।

विसं २०७२ को भूकम्पले प्रभावित नेपालको पर्यटन पछिल्ला वर्षमा वर्षेनी बढिरहेको छ । तथ्याङ्कअनुसार सन् २०१५ मा जम्मा पाँच लाख ३९ हजार विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०१६ मा उक्त सङ्ख्या सात लाख ५८ हजार पुगेको थियो ।

त्यस्तै विसं २०१७ मा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल आएकामा २०१८ मा ११ लाख ७३ हजार पर्यटक आएका थिए । पछिल्ला वर्षमा दशैँका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैँ पेश्की एवं बोनस दिने गरेका कारण पनि अधिकांशले यसको उपयोग घुमफिरमा गर्ने गरेका छन् ।

आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरा पर्ने भएकाले अधिकांशले दुईदेखि तीन दिनसम्मको समय छुट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गर्दै तालबाराहीको दर्शन गर्दछन् भने हिमाली दृश्यावलोकनका लागि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुग्ने गर्दछन् ।

Advertisement

तालबाराहीसहित पोखराका विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् । त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदेजस्ता तालले पनि आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top