घाउजाँच प्रतिवेदन अनुसार शाहीमाथि कुटपिट भएको पुष्टि

२९ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकी रोशनी शाहीको घाउजाँच प्रतिवेदनले उनीमाथि कुटपिट भएको पुष्टि भएको छ ।

केही दिनअघि त्रिवि शिक्षण अस्पतालबाट आएको शाहीको घाउजाँच प्रतिवेदनमा कसैले हिर्काएर चोट लगाइदिएको उल्लेख छ । प्रहरी स्रोतका अनुसार शाहीको कोठामा महराबाहेक अन्य कोही व्यक्ति प्रवेश गरेको नभेटिएकाले सो कुटपिट उनैले गरेको ठानिएको छ ।

मिडियाहरूमा महरा र रोशनीको फरेन्सिक जाँच भएको भन्ने समाचार सत्य नभएको र कुटपिटको फरेन्सिक जाँच हैन घाउजाँच गरिएको एक प्रहरी अधिकारीले बताए । घाउ कसले लगाइदिएको हो भन्ने परिस्थितिबाट पुष्टि भइसकेको समेत बताएका छन् ।

असोज १२ गते राति महराले बलात्कार प्रयासका क्रममा शाहीको शरीरमा चोटपटक देखिएको थियो । शाहीले जाहेरी दिएकै दिन असोज १७ गते प्रहरीले उनको शरीरमा लागेको घाउजाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली असोज १२ गते कोठामा पुग्दा रोशनीले आफूमाथि कुटपिट भएको भन्दै चोट देखाएकी थिइन् । तर, उनले केही दिन जाहेरी दिन इन्कार गरेपछि उनको शरीरमा लागेको चोटको जाँच समयमै हुन पाएन ।

‘जाहेरी परेको दिन हामीले जाहेरी सँगसँगै शिक्षण अस्पतालमा घाउ जाँच गर्न पठाएका थियौं,’ वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले भने, ‘घटना अनुसन्धान महानगरीय प्रहरी परिसरबाट भएकाले अस्पतालले उतै घाउजाँचको प्रतिवेदन बुझाएको छ ।’

परिसर स्रोतका अनुसार रोशनीको हात, औंला, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोट देखिएका छन् । महराले कुटपिट गर्दा सो चोट लागेको शाहीले जाहेरीमा उल्लेख गरेकी छिन् ।

कुटपिट गर्दा फुटेको महराको चस्मा, जुत्ताको तलुवा, रक्सी पिएको गिलास, रक्सीको बोत्तल फरेन्सिक जाँचमा पठाइसकिएको छ । त्यसको रिपोर्ट भने आइसकेको छैन ।

महरालाई जबरजस्ती करणी उद्योगमा मुद्दा अघि बढाइएको छ । महरालाई जिल्ला अदालत काठमाडौंले थप तीन दिन थुनामा राख्न मंगलबार अनुमति दिएको छ ।

स्वास्थ्यमा समस्या आएको भन्दै हाल महरा नर्भिक अस्पतालमा उपचारत छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top