मेसिनमा खराबी आएपछि एनआरएनएको मतदान कागजी प्रक्रियाबाटै हुँदै

३० असोज, काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि बुधबार बेलुका स्थगित भएको मतदान आज १० बजेदेखि हुँदैछ । तर, आज हुने भनिएको मतदान विद्युतीय प्रक्रियाबाट नहुने भएको छ ।

विद्युतीय प्रक्रियाबाट बुधबार साँझ करिब साढे ८ बजे सुरु भएको मतदान करिब आधा घन्टा चलेपछि मेसिनमा आएको खराबीका कारण स्थगित भएको थियो ।

स्थगित मतदान बिहीबार बिहान साढे १० बजे देखि दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । विहीबार हुने मतदान भने विद्युतीय मेसिनबाट नभइ कागजी प्रक्रियाबाटै हुने पनि समितिले जनाएको छ ।

मतदान ढिला सुरु भएको अनि मेसिन विग्रिएको जानकारी पाएपछि बुधबार साँझ सम्मेलन स्थलमा नाराबासी र तोडफोड भएको थियो । सम्मेलनमा जम्मा २ हजार ६ सय ५६ जना प्रतिनिधि सहभागी छन् । विश्वका विभिन्न ८१ देशबाट एनआरएनए प्रतिनिधिको उपस्थिति रहेको छ ।

सम्मेलन स्थलमा नाराबाजी भएपछि बुधबार देखि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रतिनिधिहरुले विरोध गर्नसक्ने भन्दै आज पनि सम्मेलन स्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । एनआरएनएको विश्व सम्मेलन मंगलबारबाट काठमाडौंमा सुरु भएको हो।

निर्वाचनमा ४२ जना पदाधिकारीका लागि ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top