धितोपत्र बजारमा झिनो सुधार

३० असोज ७६, बिहीबार

३० असोज, काठमाडौँ । 

Advertisement

साताको अन्तिम दिन आज धितोपत्र बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ०.७१ अङ्कले बढेर एक हजार १३७.७५ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ०.५४ अङ्कले बढेर २४९.१२ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने सामान्य नै रह्यो । स्टकका अनुसार आज कूल १६० कम्पनीका नौ लाख ९८ हजार कित्ता शेयर रु १८ करोड २९ लाख ९४ हजार ९०५ मा खरीद बिक्री भए ।

Advertisement

कारोवार भएका कूल ११ उपसमूहमध्ये सात उपसमूहको शेयर बढे भने चार उपसमूहको शेयर घटे । बैंकिङ ०.७५ अङ्कले बढ्दा जलविद्युत् ३.७९, फाइनान्स २.४४, निर्जीवन बीमा ३६.८६, माइक्रो फाइनान्स २.७१, जीवन बीमा १३.०७ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले बढ्यो । यसैगरी होटल १.८८, विकास बैंक १०.१३, उत्पादन २.६९ र अन्य उपसमूहको शेयर २.६ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर कूल रु एक करोड ९९ लाख ९८ हजार ८४९ मा खरीद बिक्री भयो । त्यस्तै मेगा बैंक लिमिटेडको संस्थापक शेयर रु एक करोड ५७ लाख १७ हजार २०८, सनराइज बैंक लिमिटेडको रु एक करोड १० लाख २० हजार ४३८, कृषि विकास बैंकको रु ६३ लाख ४८ हजार ४४८ र नविल बैंक लिमिटेडको शेयर रु ६२ लाख सात हजार २३ मा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

Advertisement

परिसूचक बढे पनि माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.२५ प्रतिशतले गुमाए । त्यस्तै सूर्यलाइफ इन्स्योरेन्स कम्पनी ३.७३, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.२७, ओरियन्टल होटल लिमिटेड २.५९, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले २.५ प्रतिशतले गुमाए ।

स्टकका अनुसार सानिमा इक्विटीफण्डका लगानीकर्ताले आठ प्रतिशतले कमाए । त्यसैगरी नविल इक्विटीफण्ड ७.९५, घोडीघोडा लघुवित्त वित्तीय संस्था ७.५२, एनएलजी इन्स्योरेन्स कम्पनी ४.७९ र बेष्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.४४ प्रतिशतले कमाए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top