×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबरहरु

३० आश्विन २०७६

आजका प्रमुख खबरहरुः

१.(शिक्षक आन्दोलन)
आफुहरुको माग पुरा नभएको भन्दै अस्थायी र करार शिक्षक आन्दोलन समिति प्रदेश एकद्वारा पुनः मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन /प्रदर्शनका क्रममा आन्दोलनकारीले सडकमा बसेर सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीद्वारा लाठ्ठी चार्ज ।

Advertisement
Advertisement

२.(एनआरएनएको मतदान)
काठमाडौंमा एनआरएनएको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी /मेसिनमा आएको खराबीका कारण विहिबार मतदान कागजी मतपत्र प्रक्रियाबाटै हुँदै ।

३.(विप्लव समुह पक्राउ)
दाङको राजपुर गाउँपालिका –४ को मुग्रेटाखोला नजिकै विप्लव समूह बैठक बसिरहेका बेला बैठकस्थल घेरा हालेर चन्द समूहका २१ नेताहरु प्रहरी नियन्त्रणमा / विप्लवका दाजु चन्द्रबहादुर चन्द पनि पक्राउ ।

४.(फेरी आन्दोलन?)
समाजवादको उद्देश्यका निम्ति फेरि एक पटक आन्दोलन गर्ने इच्छा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई / कम्युनिस्ट पार्टीहरुले आफूमा लागेको धुलो पखाल्ने बेला आएको उललेख ।

५.(आलोपालो नहुने)
प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने नेकपाका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माको दाबी / सरकारले राम्रो काम गरिरहेकाले ओलीलाई नै पूरा कार्यकालको नेतृत्वमा राख्नुपर्ने तर्क ।

६.(द्विपक्षीय समझदारी)
म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुचीको उपस्थितिमा दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर / राष्ट्रपतिको स्वागतमा गार्ड अफ अनर ।

७.(कांग्रेसको दाबी)
रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बस्नेतको दावी / संविधानमै सभामुख र उपसभामुख पद मध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको दावी ।

८.(गरिवीमुक्त राष्ट्रको लक्ष्य)
आगामी २४ वर्ष भित्र नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य / मुलुकमा १८ दशमलव ७ प्रतिशत नागरिक गरिवीको रेखामुनि रहेको सरकारी तथ्यांक सार्वजनिक ।

९.(संरक्षणको दायित्व)
लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईको भनाई / सबै भाषा, संस्कृतिहरुको खोज, अनुसन्धान गर्न विभिन्न प्रतिष्ठानहरुको स्थापना गर्नु परेको स्मरण ।

१०.(देशभर ट्रमा सेन्टर)
सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी / स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको भनाई ।

११.(उद्योगको रिट खारेज)
ट्रंकलाइन सुविधा लिएर पनि प्राधिकरणले तोकेको महसुल नतिर्ने ४ वटा उद्योगको रिट उच्च अदालत दाङको बुटवल इजलासद्वारा खारेज / ४ उद्योगले जम्मा ५२ करोड रुपैयाँ तिर्नुपर्ने।

१२.(उत्तर कोरियालाई निर्देशन)
नेपालमा गरेको लगानी फिर्ता लैजान उत्तर कोरियाली लगानीकर्ता तथा कम्पनीलाई पुनः निर्देशन / लगानी फिर्ता लैजान १५ दिन मात्र बाँकी रहँदापनि अहिलेसम्म कुनै उद्योगधन्दा बन्द नगरेको विभागको भनाई ।

१३.(अदालतको आदेश)
तीन महिनाभित्र निर्णय गरी लाल आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारका नाममा सर्वोच्च अदालतको आदेश /मधेश आन्दोलनका चार जना पीडितद्वारा प्रतिवेदन उपलब्ध गराउन माग गर्दै रिट दायर ।

१४.(वुमेन च्याम्पियन्स लिग)
वुमेन च्याम्पियन्स लिगमा पोखरा पल्टनलाई ८२ रनले हराउँदै क्याट क्वीन्स र दास्रो खेलमा ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराउँदै विराटनगर टाइटन्सको विजयी सुरुवात / पोखराले शुक्रबार र काठमाडौंले शनिबार विराटनगर टाइटन्ससँग खेल्ने ।

Advertisement

र,
१५.(एकअर्कालाई चेतावनी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको पछिल्लो आक्रमणलाई लिएर टर्कीका राष्ट्रपति रिसेप तैय्प एर्दोगानलाई पठाएको कडा पत्र सार्वजनिक / मूर्ख नबन्न र धेरै ठूलो नबन एकअर्कालाई चेतावनी ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top