१ कार्तिक, एजेन्सी । जापानमा आएको हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
अधिकारीहरूले दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ । केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ ।
यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ । अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरहरूमा बाढीको असर बाँकी नै रहेको छ ।
आँधीले एक हजार ७०० घर पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त बनाएको छ । त्यसैगरी २३ हजार हेक्टर क्षेत्रफल जमिनमा आँधीले असर पारेको भूमि मन्त्रालयले जानकारी दिएको छ ।
