२ असोज,एजेन्सी ।
अफगानिस्तानको एक मस्जिदमा भएको बम विष्फोटमा परी ६२ जनाको मृत्यु भएको छ ।
पूर्वी नानगहर प्रान्तको एक मस्जिदमा शुक्रबारको नमाजका क्रममा विष्फोट भएको हो । विष्फोटमा परी दजर्नौँ मानिसहरु घाइते भएका छन् ।
विष्फोटका कारण मस्जिदको छत समेत ढलेको छ । यो इलाकामा इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् तर अहिलेसम्म बम हमलाको जिम्मेबारी कसैले लिएको छैन ।
