इंग्लिस प्रिमियर लिग : लिभरपुल र युनाइटेडको बराबरी

३ कात्तिक ७६, सोमबार

एजेन्सी, कात्तिक ४
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल बराबरीमा टुंगिएको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा यनाईटेड र लिभरपुलको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।

लिभरपुलले खेलको अन्तिम समयमा गोल गर्दै हार टारेको हो । यससँगै लिभरपुलले जारि सिजन शत प्रतिशत जितको सिलसिलालाई भने निरन्तरता दिन सकेन । लगातार १८ औं लिग जितको लक्ष्यमा रहेको लिभरपुलले अंक बाँड्दै अपराजित यात्रालाई भने निरन्तरता दिएको छ ।

खेलको ३६ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ड्यानीएल जेम्सको क्रसलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा नै लिभरपुलका लागि साडियो मानेले गोल गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयअनुसार उक्त गोल ह्याण्डबल भएका कारण मान्य हुन सकेन ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरपुलले गोल फर्काएको थियो । एन्डी रोबर्टसनको क्रसमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका एडम लाल्लानाले बराबरी गोल फर्काएका थिए ।

लिभरपुल प्रिमियर लिगमा ९ खेलमा २५ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ अंक रहेको छ । म्यानचेस्टर युनाइटेड ९ खेलमा १० अंकसहित १३ औं स्थानमा रहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top