भारतस्थित जम्मु कास्मिरमा भएको आक्रमणमा दुई गोर्खा सैनिकको मृत्यु

३ कात्तिक ७६, सोमबार

४ कार्तिक, एजेन्सी । भारतस्थित जम्मु कास्मिरमा भएको आक्रमणमा एक नेपाली र अर्का एक नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ ।

आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो । नेपालका राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

त्यस्तै नेपाली मुलकै जवान पद्दमबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी हुन् । त्यस आक्रमणमा परी दुई सेना र एक नागरिकको मृत्यु भएको थियो ।

पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै युद्ध शुरु गरेकाले घटना घटेको भारतले आरोप लगाएको छ । भारतले जवाफी आक्रमण गर्दा ६ देखि १० पाकिस्तानी सेनाको मृत्यु भएको भारतीय सेना प्रमुख विपिन रावतले भारतीय संचारमाध्यमलाई बताएका छन्। आक्रमणमा तीन सेनासहित ८ जना घाईते भएको भारतीय प्रहरीले दाबी गरेको छ।

पाकिस्तानमा बसोबास गर्दै आएका आतंकवादीहरु पनि आक्रमणमा मरेको भारतीय सेना प्रमुख रावतले बताए।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top