प्रदेश दुईमा लोकसेवा आयोगले पूर्णता पायो

४ कात्तिक ७६, सोमबार

४ कात्तिक, जनकपुरधाम ।
प्रदेश २ लोकसेवा आयोगले पूर्णता पाएको छ ।

Advertisement

सोमबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा राजपा नेपाल र नेकपाका एक, एक प्रतिनिधिले सदस्य पदमा सपथ लिएपछि प्रदेश २ लोकसेवा आयोगले पूर्णता पाएको हो ।

नेकपाको तर्फबाट सप्तरी जिल्लाको राजविराज निवसी डा. सुजाता देव र राजपा नेपालको तर्फबाट महोत्तरी एकडारा निवासी महारुद्र झालाई सिफारिस गरेर नियुक्त गरिएको छ ।

Advertisement

नियुक्त गरिएका दुवैजनालाई प्रदेश प्रमुख कायस्थले सपथ खुवाएका छन् । यस भन्दा पहिले लोकसेवा अयोगको अध्यक्षमा समाजवादी पार्टीको तर्फबाट डा. सुरेन्द्र यादवलाई नियुक्त गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top