क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने

३ कात्तिक ७६, सोमबार

४ कार्तिक, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने भएको छ ।

Advertisement

नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाडांैमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो । निर्वाचन आयोगले तीन वटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपनिर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेपछि बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सो उपनिर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको हो ।

देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले सो निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको पार्टीका नेता सिपी गजुरेलले जानकारी दिए । नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बनाएर यस अघिको संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएको थियो ।

Advertisement

तर अव हुने उपनिर्वाचनले जनता र देशको समस्या समाधान नगर्ने भएकाले सो उपनिर्वाचन बहिष्कार गर्ने निर्णय पार्टीले लिएको नेता गजुरेलको भनाई छ । नेता गजुरेलले यो सरकार, व्यवस्था र संविधान टिक्ने अवस्था नरहेको पार्टीको निष्कर्ष रहेको दावी गर्दै त्यसको विकल्प खोजी गर्ने चेतावनी पनि दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top