×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

त्रिभुवन विश्वविद्यालयमा अब श्रम शिक्षाको अध्यापन हुने

४ कार्तिक २०७६

४ कात्तिक, काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि कोर्ष पनि अध्यापन गराउने भएको छ । सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा सो विश्वविद्यालय अन्तरगतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि छुट्टै कोर्षको अध्यापन आगामी शैक्षिक सत्रबाट सुरु हुने भएको हो ।

सोमबार जिफन्टले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सो विश्वविद्यालयका प्राध्यापक केशवप्रसाद अधिकारीले श्रमिकहरुलाई दक्ष बनाउन तथा उनीहरुलाई सम्मानका साथ स्वदेशमै रोजगारीको अवसर सृजना गर्न श्रम शिक्षा सम्बन्धि छुट्टै कोर्ष आगामी शैक्षिक सत्रबाट अध्यापन गराउने तयारी गरिएको जानकारी दिए । उनले त्यसका लागि विश्वविद्यालयले छुट्टै विभाग र पाठ्यक्रमको पनि निर्माण गरिसकेको बताए । पाठ्यक्रममा नेपाली श्रमिकहरुको अवस्था, उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि गर्नुपर्ने पहल लगायतका विषयबस्तुहरु समावेश गरिएको उनले स्पष्ट पारे ।

Advertisement
Advertisement

कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरुका लागि सम्मानजनक ढंगले रोजगारीको व्यवस्थापन गर्न विश्वविद्यालयको स्नाकोत्तर तहमा पनि श्रमिक शिक्षा सम्बन्धि छुट्टै अध्यापन गर्न पहल गरिएको बताए । उनले सो विश्वविद्यालयबाट प्राप्त हुने जनशक्ति मुलुकका लागि र सबै श्रमिक संगठनहरुको लागि पनि उपयोगी हुने विश्वास पनि व्यक्त गरे ।

Advertisement

जिफन्टले श्रमिकहरुको दक्षता वृद्धिका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म छुट्टै श्रमिक शिक्षा अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको थियो ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top