×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घाउमा किरा परेका विरामीको नोबेलले गर्याे उद्धार

४ कार्तिक २०७६

४ कात्तिक,बिराटनगर।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अत्यन्तै दर्दनाक अवस्थाको बेवारिसे बेहोस बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेको छ । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उद्धार गरेर नोबल अस्पताल ल्याई आईसियूमा राखेर निःशुल्क उपचार गराईरहेका छन् ।

लहान अस्पताल नजिक भेटिएका करिव ४० बर्षीय वेवारिसे पुरुषको अवस्था अत्यन्तै दर्दनाक थियो । उनको दाहिने खुट्टाको हड्डी पूर्ण रुपमा भाँचिएर घुँडा भन्दा मुनीको भाग छालाको भरमा मात्र झुण्डिएको छ । भाँचिएको खुट्टाको उपचार नपाउँदा घाउमा किरा परेर दुर्गन्ध फैलनुका साथै झिंगाले घेरेको थियो ।

Advertisement
Advertisement

धेरै दिनदेखि भुँईमा लडिरहेका उनको अवस्था अत्यन्तै दर्दनाक थियो । उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरेर नोबेल ल्याईएको हो । लहान अस्पतालमा कार्यरत डा.बृजेन्द्र कुमार शाहले बेवारिसे बिरामीको अवस्था डा.सुनिल शर्मालाई जानकारी गराएर उनको उद्धारमा सहयोग गरेका थिए ।

Advertisement

गंभीर अवस्थामा रहेका उनलाई लहान अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल ल्याईएको हो । डा.शर्माले आपत र अलपत्र अवस्थामा परेका व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको प्रतिक्रिया दिएका छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top