इटहरीबाट लागुऔषध बेचबिखन गर्ने मेडिकल संचालक पक्राउ

४ कात्तिक ७६, मंगलबार

५, कार्तिक, सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–११ बाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् भने पक्राउ परेकाहरुले दिएको सूचनाको आधारमा बीर मेडिलकल हलका संचालकलाई समेत पक्राउ परेका छन ।

Advertisement

सोमवार राती चेकजाँचमा खटिएको प्रहरी चौकी खनारको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को ३४ प ६२ नम्बरको मोटरसाईकलमा सवार चालक मोरङ बुढिगंगा गाउँपालिका–७ का २२ बर्षीय राहुल उराव र पछाडी सवार रहेका सुन्दरहरैचा नगरपालिका–३ का २५ बर्षीय सुमन मोक्तानलाई निट्राभेट ८ ट्याब्लेट, ईनपाईन ३ ट्याव्लेट, स्पास्मो ३ ट्याब्लेट सहित पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी १० मा संचालित बीर नारायण मेडिकल हलबाट खरिद गरी ल्याएको खुल्न आएपछि उक्त मेडिकल हलमा खानतलासी गर्ने क्रममा मेडिकल हलबाट ८५८ ट्याब्लेट लागुऔषध स्पास्मो बरामद भएको थियो ।

Advertisement

लागुऔषध बरामद भए संगै मेडिकल हल संचालक इटहरी १० का ३० बर्षीय उमेश चौधरीलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top