बैतडीमा महिलालाई हुत्याउने डोजर चालक पक्राउ

४ कात्तिक ७६, मंगलबार

५ कार्तिक, बैतडी । दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकमा कच्ची सडक निर्माण गर्दा डोजरले महिलालाई हुत्याउने चालक पक्राउ परेका छन् । कच्ची सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा निर्माण कार्यमा रहेको डोजरले एक स्थानीय महिलालाई हुत्याएर फालेको थियो ।

Advertisement

सोमबार डोजर चालकले स्थानीय महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले दशरथचन्द नगरपालिका–२ देहीमाण्डौका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिए । अहिले बोहरामाथि अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसैविच,सडक रोक्ने र सडक लैजाने पक्षबीच झडप हुँदा ८ जना घाइते भएका थिए । रोक्ने पक्षका गौरी जोशी र सुरेन्द्र प्रसाद जोशीको धनगढीमा उपचार भइरहेको छ भने सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका थिए । उनीहरु जिल्ला अस्पातलमा समान्य उपचारपछि घर फर्किएका छन् ।

Advertisement

आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमिनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए । यो सडक निर्माण हुने ठाउँमा गुठीको जमिन पर्ने भएकोले यो विषयमा सबै गाउँलेसँग सहमति गरेर मात्र अघि बढ्ने भने पनि निर्माण पक्षले जबरजस्ती गरेको उनले बताए । उता निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले डोजरमा एक्कासी ढुंगामुढा गरेकोले झडपको स्थिति सिर्जना भएको आरोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top