नेकपा मोरङको चियापानका लागि उपसमिति गठन

४ कात्तिक ७६, मंगलबार

३ कात्तिक, विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा शुक्रबार आयोजना गर्न लागेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रमका लागि ५ उपसमिति गठन गरेको छ । मंगलबार मुल समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा जिल्ला पार्टी कार्यालयमा छलफल गरी विभिन्न पाँच उपसमिति गठन गरिएको नेकपा नेता पर्शुराम बस्नेतले जानकारी दिए ।

चियापानका लागि पर्शुराम बस्नेतको संयोजकत्वमा १५ सदस्यीय मन्च ब्यबस्थापन तथा अतिथी सत्कार उपसमिति ,विमला घिमिरेको संयोजकत्वमा १५ सदस्यीय खाद्यान्न व्यवस्थापन उपसमिति, रविन थापाको संयोजकत्वमा १ सय १ सदस्यीय स्वयमसेवक मूल ब्यबस्थापन उपसमिति,गोकर्ण घिमिरेको संयोजकत्वमा १५ सदस्यीय स्वागत उपसमिति र सुशील रिजालको संयोजकत्वमा १५ सदस्यीय ट्राफिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

कार्यक्रममा पार्टीअध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र स्कूल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुने नेकपा मोरङले जनाएको छ । पार्टी एकता प्रक्रियाका कारण लामो समयदेखि कार्यकर्ताहरु प्रशिक्षित हुन नपाइरहेकोले शुभकामना आदनप्रदानकै सन्दर्भमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने नेकपा मोरङको तयारी छ ।

शुभकामना आदनप्रदान कार्यक्रममा न्युनतम ५ हजार कार्यकर्ताहरु सहभागी गराउने तयारी रहेको बताइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top