Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(अफताबको अडान)
अनुसन्धानमा पोलिग्राफ प्रयोग गर्न नदिने रौतहटमा १२ वर्षअघि भएको बमकाण्डको अभियोग लागेका कांगेस निलम्बित सांसद अफताव आलमको अडान / हुँदै नभएको घटनामा राजनीतिक प्रतिशोध साँध्न प्रहरी प्रयोग भएको आरोप ।

२.(अभाव खड्कियो)
प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकियो÷ औपचारिक कार्यक्रमहरु पनि स्थगित/ उपसभामुखले बैठकको अध्यक्षता गर्ने बाहेक अन्य काम गर्न नमिल्ने संवैधानिक व्यवस्था ।

३.(कांग्रेसलाई भाग चाहियो)
प्रतिनिधिसभाको सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको नेपाली कांग्रेसका नेता रमेश लेखकको भनाई /सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी ।

४.(पुष्पकमलको चतुर्याई)
मिडियामा आएजस्तो पार्टी नेतृत्वमा तिक्तता नरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई /पार्टी एकताको क्रममा भएका केही सम्झौता कार्यान्वयन गर्न ढिलो भएको उल्लेख ।

५.(सत्य के हो ?)
भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने नेकपाका नेता रामचन्द्र झाको भनाई /मन्त्री महासेठले विकास निर्माणको काम राम्रो नगरेर पार्टीको बदनाम गरेको दाबी ।

६.(चालकको उदण्डता)
दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकमा कच्ची सडक निर्माण गर्दा डोजरले महिलालाई हुत्याउने चालक पक्राउ /कच्ची सडक निर्माणका विषयमा गाउँलेहरुबीच झडप हुँदा ८ जना घाइते ।

७.(वातावरण बनोस्)
सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने विप्लव समूहको माग /आफैंलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौं,एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔं’ शीर्षकको राजनीतिक प्रस्ताव पेश ।

८.(ठगीको दाउ)
नेपाली सेनामा जागिर लगाइदिने भनि पैसा ठगी गर्ने संखुवासभाका राजकुमार राई पक्राउ /प्रलोभनमा पारेर एक लाख २० हजार हुदै ८० हजार रुपैयाँमा सहमति गरेर ५० हजार रुपैयाँ लेनदेन समेत भएको खुलासा ।

९.(यस्ता पनि मन्त्री)
पूर्व गृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेलसहित परिवारका ४ जना भारतीय नागरिक भएको खुलासा /कँडेलले उत्तर प्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएको विषयमा अख्तियारमा उजुरी ।

१०.(ब्यापार बढाउ)
नेपाल बंगलादेशबीच सहुलियत पूर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौमा सुरु /क्षेत्रिय उडान, उर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी लगायतको आयात निर्यातबारे छलफल ।

११.(केही हुन्छ कि ?)
नेपालमा पहिलो पटक चार वटा विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभत्रै २५ बस थप गर्ने / प्रदेश नं १ सरकारसँगको सहकार्यमा आगामी तीन महिनामा काकडभिट्टा–विराटनगर बस सञ्चालन गर्ने तयारी ।

१२.(पटकामा कडाईं)
भारतबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरिएका २ लाख २४ हजार बराबरको पटका मोरङ प्रहरीद्दारा बरामद / तिहार नजिकिएसँगै सीमा क्षेत्रमा चेकजाँच र सुरक्षा व्यवस्थामा प्रहरीको कडाई ।

१३.(कर्पोरेट क्रिकेट)
छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहने / आगामी पुसको २ गतेदेखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुर खेल मैदानमा हुने प्रतियोगितामा २४ वटा कर्पोरेट टिमको सहभागिता रहने ।

क्याट क्विन्स काठमाडौं वुमेन च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा प्रवेश /मंगलबारको खेलमा विराटनगर टाईटन्स काठमाडौंसंग ९ विकेटले पराजित/ उपाधिका लागि विहीबार हुने खेलमा अब काठमाडौंले चितवनसँग खेल्ने ।

र,
१५.(विमान दुर्घटना)
ब्राजिलको बेलो हरिजोन्टे सहरमा विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु /तीन जना घाइते /इन्जिनमा समस्या आएपछिसडकमा खसेको विमानले गुडिरहेका तीनओटा कारलाई ठक्कर दियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.