कुवेतको जजिरा एयरवेजले पायो नेपाल उडान अनुमति

५ कात्तिक ७६, बुधबार

६ कात्तिक, काठमाण्डौ ।
कुवेतको जजिरा एयरवेजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान स्वीकृति पाएको छ।

Advertisement

कम्पनीको अपरेशन म्यानुअल, सेक्युरिटी म्यानुअल लगायतका कागजपत्र अध्ययनपछि सोमबार जजिरालाई उडान अनुमति दिइएको प्राधिकरणले जनाएको छ।

कम्पनीको विस्तृत अध्ययनपछि उडान अनुमति दिइएको तथा मंसिरदेखि साताको चारवटा उडान गर्न अनुमति दिइएको प्राधिकरणका एक कर्मचारीले बताए।

Advertisement

प्राधिकरणका अनुसार जजिरालाई आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी चार दिनको नियमित उडान इजाजत दिइएको छ। कम्पनीलाई दिनको ४ः२० बजे र ५ः५० बजेको स्लट दिइएको प्राधिकरणले जनाएको छ।

सुरुमा साताको चार दिन उडान अनुमति दिइए पनि निकट भविष्यमा कम्पनीलाई सातै दिन उडान अनुमति दिइने योजना रहेको ती कर्मचारीले जानकारी दिए ।

Advertisement

प्राधिकरणका अनुसार जजिराको जेनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिस लिमिटेड रहेको छ। सन् २००४ मा स्थापना भएको कुवेतको जजिरा एयरलाइन्सले खाडी मुलुकमा उडान सुरु गरेको हो।

हाल यो कम्पनीले अहमदावाद, बहराइन, कायरो, दिल्ली, दोहा, इस्तानबुल, रियाद लगायत विभिन्न ३५ वटा गतब्यमा उडान गर्दै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top