रेड स्टारको पोस्टमा टोटेनहमको ५ गोल

५ कात्तिक ७६, बुधबार

एजेन्सी,कात्तिक ६
इंग्लिस क्लब टोटेनहम हस्टपरले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । मंगलबार राती घरेलु मैदानमा टोटेनहमले सर्वियन क्लब रेड स्टार बेल ग्रेडमाथि ५–० को फराकिलो जित निकालेको हो ।

टोटेनेहमको फराकिलो जितमा कप्तान ह्यारी केन र ह्युङ मिन सनले समान २–२ गोल गरे । इरिक लमेलाले एक गोल थपे । खेलको शुरुवात देखि नै रेड स्टारलाई दवावमा राखेको टोटेनहमले खेलको नवौं मिनेटमा कप्तान ह्यारी केनको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले इरिक लमेलाको पासमा गोल गरेका थिए ।

१६औं मिनेटमा लमेलाकै पासमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पा¥यो । ४४औं मिनेटमा एन डोम्वेलेको पासमा सनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहमले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

अघिल्ला दुई गोलका लागि अवसर सिर्जना गरेका इरिकले ५७औं मिनेटमा गोल गरेपछि टोटेनहम फराकिलो जिततर्फ अग्रसर बन्यो । ७२औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ५–० को फराकिलो जित दिलाए । टोटेनहमको यो पहिलो जित हो । जितसँगै टोटेनहमलले समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । रेडस्टार ३ अंकसहित तेस्रो स्थानमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top