बलात्कार र हत्याका फरार आरोपी इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा नेपाल फिर्ता

५ कात्तिक ७६, बुधबार

६ कात्तिक, काठमाडौं ।
१९ वर्षअघि एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका झापा चन्द्रगढी–३ स्थायी घर भएका लिलाराज गौतम पक्राउ गरेका छन् ।

Advertisement

अपराध गरी अमेरिकामा लुकेर बस्दै आएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो। उनीविरुद्ध रेडकर्नर शाखाले २०७४ मंसिर १२ गते रेड नोटिस जारी गरेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा नेपाल फिर्ता ल्याउन सफल भएको हो । गौतमलाई बिहान टर्किस एयरलाइन्सबाट काठमाडौं ल्याइएको थियो। गौतम २०१८ फेब्रुअरी ३ मा अमेरिकामा पक्राउ परेका थिए।

Advertisement

उनलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको इन्टरपोल शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीसहित मनोज खड्का र सिताराम खड्काले २०५७ साल असोज २९ गते राती चन्द्रगढी ३ की एक युवतीको सामूहिक बलात्कार गरी त्यसपछि घाँटी थिचेर हत्या गरेका थिए।

Advertisement

हत्यापछि उनीहरूले युवतीको शव झापाको चारआली जंगलमा रूखमा झुण्डाएका थिए। मृतकका बुवाले ३ जनाविरूद्ध उजुरी दिएका थिए । गौतमलाई प्रहरीले त्यतिबेला नै पक्राउ गरेको थियो। तर २०५८ साल कात्तिक २१ गते जिल्ला अदालत झापाले उनलाई सफाइ दिएको थियो।

तर फैसला उपर सरकारले पुनरावेदन अदालत इलाममा पुनरावेदन दियो । पुनरावेदनले पनि २०५८ चैत २८ गते झापा अदालतकै फैसला सदर गरिदियो ।

नेपाल सरकारको तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन दिएकोमा सर्वोच्च अदालतले २०६६ भदौ १९ गते उनीहरूलाई जन्मकैदको फैसला सुनाएको थियो। गौतम २०५७ कात्तिक १ गते हिरासतमा बसेर २०५८ भदौ ३२ गते छुटेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top