×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबरहरु

६ कार्तिक २०७६

आजका प्रमुख खबरहरुः

१.(पैसा माग्दा गोली)
धनुषामा लेनदेनको विषयमा दुई स्थानीय निर्माण व्यवसायीबीच विवाद हुँदा मनोज साहमाथि गोलीप्रहार गरी हत्या / हत्याको अभियोगमा पंकज चौधरी पक्राउ / डिजेलको पैसा लिन जाँदा गोली प्रहार भएको स्थानीयको भनाई ।

Advertisement
Advertisement

२.(सक्रिय प्रधानमन्त्री)
राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन / एक्सन रुमबाट ६ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको अनुगमन ।

३.(आलमको दबदबा !)
मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको तथ्य / श्रीनारायण सिंहलाई १० लाख लिएर पछि हट्न दबाब / प्रहरीले चौबीसै घण्टा घर र गाउँमा सुरक्षा दिँदै ।

४.(कुरा मात्रै हो कि ?)
राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्ष्यम्य हुने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाई / मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्व्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीले उन्मुक्ति नपाउने प्रतिबद्धता ।

५.(सत्य नलुकोस्)
बैतडीमा डोजरले महिलामाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न गठन भएको समिति घटनास्थल पुग्यो / समितिले छानबिन गरी ४८ घण्टाभित्र प्रतिबेदन बुझाउने ।

६.(लुक्दैन अपराध)
दुई वर्षअघि भएको हत्यामा संलग्न भई फरार रहेका एक व्यक्ति मोरङ प्रहरीको नियन्त्रणमा / सडकमा मृत भेटिएका ६५ वर्षीय षडानन्द राजवंशीको हत्यामा संलग्न भएको आरोपमा प्रतिवादी भरतलाल राजवंशी पक्राउ ।

७.(शवको मोल !)
पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढायो / एउटा शव जलाए वापत १५ सय रुपैयाँ र १५ वर्ष बढि सेवा गरेकाले उपादान वापत ५ लाख पाउने ।

८.(आन्दोलनको बल)
काठमाडौंको खुलामञ्चस्थित दुईमाजु मन्दिर परिसर अतिक्रमण गरी खोलिएका पसलहरू तिहारपछि हटाइने / सर्वसाधारण तथा टुँडिखेल सरंक्षण अभियन्ताहरूको लगातार विरोधपछि पसल हटाउन गुठी संस्थानको आदेश ।

९.(सेनामा अनियमितता)
सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जनामाथि नेपाली सेनाद्वारा कारबाही / पक्राउ परेका ४ जना सैनिक र २३ जना गैर–सैनिकमाथि कारवाहीप्रक्रिया अघि बढाएको सेनाको भनाई ।

१०.(बैधानिक बाटो खोजौं)
मोरङ प्रहरीले करिब १ लाख ६२ हजार रुपैया बराबरका भारतबाट भन्सार छली ल्याएका सामान विराटनगरका विभिन्न स्थानबाट पक्राउ / बरामद गरिएका सामान भन्सार कार्यालय रानीमा बुझाईएको प्रहरीको भनाई ।

११.(अपराधले पोलेपछि….)
१९ वर्षअघि एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका झापा चन्द्रगढीका लिलाराज गौतम पक्राउ / अपराध गरी अमेरिकामा लुकेर बस्दै आएका गौतम अमेरिकी प्रहरीद्वारा पक्राउ ।

१२.(कानुनको आँखा खुलोस)
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीबाट कानुनविपरीत शुल्क उठाएको फेला / शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि शुल्क बुझाउन बाध्य भएको विद्यार्थीको गुनासो ।

१३.(नेपाललाई अवार्ड)
नेपालले पायो अन्तराष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ / वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्धन्द्ध व्यवस्थापन गरेवापत नेपाललाई अवार्ड प्रदान ।

१४.(को बन्ला च्याम्पियन ?)
वुमेन च्याम्पियन्स लिगको फाइनल खेल बिहीबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने / उपाधि भिडन्तमा क्याट क्विन्स काठमाडौं र चितवन राइनोज आमने सामने हुने ।

Advertisement

र,
१५.(शवले भरिएको लरी)
बेलायतमा बुल्गेरियाबाट आएको एक लरी कन्टेनरभित्र ३९ वटा शव फेला / हत्याको आशंकामा उत्तरी आयरल्यान्डका लरी चालक पक्राउ / घटनाले आफू स्तब्ध भएको ब्रटिश प्रधानमन्त्री बोरिस जोनसनको भनाई ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top